


दमौली, २१ फागुन । तनहुँ जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अहिलेसम्म ४७.२३ प्रतिशत मत खसेको छ। मतदान कार्य शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।
जिल्लामा कुल एक सय ४४ मतदान स्थल र तीन सय नौ मतदान केन्द्र रहेका छन्। तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र एक सय ५६ मतदान केन्द्र कायम गरिएको छ।