


दमौली, २१ फागुन । व्यास नगरपालिका-११ मा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । सोही ठाउँका तिलकबहादुर खड्का र समुन्द्र खड्काले किरिया बसेको अवस्थामा मतदानमा सहभागिता जनाएका हुन् ।
उनीहरुले तनहुँ आधारभूत विद्यालय बेलटारी मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्नुभएको मतदान अधिकृत सुदीप कँडेलले जानकारी दिए । नागरिक आफ्नो कर्तव्यप्रति सचेत रहँदै व्यक्तिगत शोकमा पनि मतदानमा सहभागी भएका हुन् । —