


दमौली, २१ फागुन ।प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक आज बस्ने भएको छ। बैठकमा दलहरूबीच सहमति जुटेमा आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बैठकमा सबै दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाको सहभागिता रहने बताइएको छ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बैठक बस्ने क्रममा रहेको र सहमति भए मतगणना सुरु गरिने जानकारी दिए ।
यस्तै तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा भने शुक्रबारबाट मतगणना गरिने भएको छ । त्यसका लागि शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक आयोजना गरिएको छ ।