


दमाैली, २२ फाुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आज बिहान १ः३० बजेबाट मतगणना सुरु भएको हो ।
देवघाट गाउँपालिका–५ स्थित बज्रयोगिनी मतदान केन्द्रबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २६ हजार आठ सय ८२ मतदाता रहेकामा ६८ हजार एक सय २९ मत खसेको छ ।
यो निर्वाचन क्षेत्रमा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।