


दमाैली, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा तनहुँ जिल्लाको क्षेत्र नम्बर १ मा बिहान ६ बजेसम्मको प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएकाे छ । रास्वपाका डा. स्वर्णिम वाग्लेले एक हजार तीन सय ५२ मत प्राप्त गरी अग्रता लिएका हुन् ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले पाँच सय ९० मत प्राप्त गरी वाग्लेलाई पछ्याउँदै छन् ।
त्यस्तै चार सय १६ मत प्राप्त गरी नेकपा (एमाले)का भगवती न्यौपाने तेस्रो स्थानमा छन् ।
सो निर्वाचन क्षेत्रमा कूल एक लाख २६ हजार आठ सय ८२ मतदाता भएकामा निर्वाचनमा ६८ हजार एक सय २९ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा १६ जना प्रत्यासी छन् ।