तनहुँ २ मा मतगणना सुरु, रास्वपाको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ २ मा मतगणना सुरु, रास्वपाको अग्रता

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०८२, शुक्रबार

    दमौली, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन तनहुँ क्षेत्र नम्बर २ मा रास्वपाले अग्रता लिएको छ । शुक्रबार ११ बजेबाट मतगणना सुरु भएकामा दिउँसो १२ः१५ को परिणाम अनुसार रास्वपाका श्रीराम न्यौपानेले दुई सय ८२ मत सहित अग्रता लिएका छन् ।

    नेपाली काङ्ग्रेसका उम्मेदवार शङ्कर भण्डारी दुई सय ६२ मत सहित दोस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले ३८ र नेकपा (एमाले) का केदार सिग्देलले २७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भेषराज पौडेलले जानकारी दिए।

    तनहुँ–२ मा कूल १ लाख २७ हजार ५१५ मतदाता रहेकोमा ६३ हजार १८६ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ११ जना प्रतिस्पर्धी छन् ।