


दमाैली, २२ फागुन । तनहुँ क्षेत्र नं. १ अन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नं. ३ र ४ को मतगणनामा स्वर्णिम वाग्लेले स्पष्ट अग्रता हासिल गरेका छन्।
कुल ३०५३ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेले १९८९ मत प्राप्त गर्दै करिब ६५ प्रतिशत मत हात पारेका छन्।
यस्तै, गोविन्द भट्टराई (नेपाली कांग्रेस) ले ४७९ मत, भगवती न्यौपाने (नेकपा एमाले) ले १३६ मत र विद्यानाथ ढकाल (नेकपा) ले १४८ मत प्राप्त गरेका छन्।
उक्त वडाहरूको मतपरिणाम अनुसार वाग्लेले अन्य प्रतिस्पर्धीभन्दा ठूलो मतान्तरसहित अग्रता बनाएका छन्।