


दमाैली, २२ फागुन । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो मतान्तर कायम गरेका छन् ।
आज सॉझ ७ बजेसम्म सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले १२ हजार दुई सय ४४ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका हालसम्म क्षेत्र नम्बर १ अन्तर्गतको बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाको मतगणना सकिएको छ ।
नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले चार हजार तीन सय ९५, नेकपा (एमाले) का भगवती न्यौपानेले दुई हजार दुई सय ४७ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले एक हजार छ सय ९० मत प्राप्त गरेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २६ हजार मतदाता रहेकामा ६८ हजार एक सय २९ मत खसेको छ ।