


दमाैली, २३ फागुन । तनहुँ–२ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको जीत सुनिश्चित भएको छ । गणना गर्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि रास्वपाका उम्मेदवार इञ्जिनियर श्रीराम न्यौपानेको जीत सुनिश्चित भएको हो । हालसम्म ५४ हजार ३८९ मत गणना भएको छ ।
श्रीरामले २६ हजार ३८९ मत प्राप्त गरेका छन् । अब १२ हजार ३०९ मत गणना गर्न बाँकी छ । १३ हजार ८६९ मतान्तर भइसकेको हो । उनका निटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर भण्डारीले १२ हजार ५२० मत प्राप्त गरेका छन् । नेकपा एमालेका केदार सिग्देलले ९ हजार ७४७ मत पाए । नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा मगर (एसबी) ले १ हजार ४४३ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ६६ हजार ६९८ मत खसेको हो । २ हजार ८६३ मत बदर भएको छ