तनहुँ क्षेत्र नम्बर २ मा रास्वपाका न्यौपाने विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ क्षेत्र नम्बर २ मा रास्वपाका न्यौपाने विजयी

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०८२, शनिबार

    दमाैली, २३ फागुन । तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन् ।

    शनिबार साँझ सम्पन्न मतगणना अनुसार ३२ हजार छ सय ८७ मत प्राप्त गरी न्यौपाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय ३४ प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले)का केदार सिग्देलले ११ हजार छ सय ६८ मत र नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापाले एक हजार नौ सय ५३ मत प्राप्त गरेका छन् ।

    तनहुँ–२ मा कूल १ लाख २७ हजार ५१५ मतदाता रहेकोमा ६६ हजार एक सय एक मत खसेकाे थियाे ।