प्रचार समिति ५०१, मत भने ११३ मात्रै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रचार समिति ५०१, मत भने ११३ मात्रै

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०८२, आईतवार

    दमौली, २४ फागुन । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ठूलो प्रचार समिति बनाए पनि अपेक्षाकृत मत प्राप्त गर्न सकेनन्।

    ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेर चुनावी मैदानमा उत्रिएका जोशीले अन्तिम मतपरिणामअनुसार जम्मा ११३ मत मात्रै प्राप्त गरेका छन्।

    ठूलो संख्यामा प्रचार समिति बनाएर चुनावी अभियान चलाए पनि मतदाताबाट भने न्यून समर्थन पाएका कारण उनको मत संख्या निकै कम देखिएको हो।