छाब्दीबाटै सुरु भएको अभियान, धन्यवाद पनि त्यहीँबाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाब्दीबाटै सुरु भएको अभियान, धन्यवाद पनि त्यहीँबाट

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०८२, आईतवार

    दमौली, २४ फागुन । तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले आफ्नो चुनावी अभियान सुरु भएको स्थानबाटै धन्यवाद कार्यक्रम सुरु गरेका छन् ।

    विजयको दोस्रो दिन आइतबार उनले व्यास नगरपालिका–१४ छाब्दी पुगेर स्थानीय मतदाता तथा समर्थकलाई धन्यवाद व्यक्त गरेका हुन् । चुनावी अभियान सुरु गरिएको स्थानमै पुगेर मतदातालाई आभार व्यक्त गर्दै वाग्लेले निर्वाचनमा दिएको साथ र विश्वासका लागि तनहुँवासीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

    यसअघि उम्मेदवारी दर्तापछि उनले छाब्दीवाराही मन्दिरमा दर्शन गरी त्यहीँबाट घरदैलो अभियान सुरु गरेका थिए ।

    वाग्लेले अबको समय जनताले दिएको जिम्मेवारी पूरा गर्ने समय भएको उल्लेख गर्दै तनहुँको विकास, सुशासन र जनअपेक्षा पूरा गर्न आफू प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।