तनहुँ–१ का नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्ले धन्यवाद यात्रामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ का नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्ले धन्यवाद यात्रामा

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०८२, सोमबार

    दमाैली, २५ फागुन । तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका डा. स्वर्णिम वाग्ले अहिले मतदातालाई धन्यवाद दिन जिल्लाका विभिन्न स्थानमा पुगिरहेका छन्। निर्वाचनमा विजय हासिल गरेपछि उनले मतदाताप्रति कृतज्ञता व्यक्त गर्न धन्यवाद यात्रालाई तीव्र बनाएका हुन्।

    धन्यवाद यात्राका क्रममा वाग्लेले व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट गरेका छन्। स्थानीय बासिन्दासँग प्रत्यक्ष भेट्दै उनले निर्वाचनमा आफूलाई विजयी गराउन सहयोग गर्ने सबै मतदाता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

    भेटघाटका क्रममा वाग्लेले आफूलाई दिएको विश्वासलाई सम्मान गर्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। “जनताले दिएको विश्वास मेरो लागि ठूलो जिम्मेवारी हो। मतदाताको शिर निहुरिन नपर्ने गरी काम गरेर देखाउनेछु,” उनले भने।

    उनले निर्वाचनमा साथ दिने मतदाता मात्र नभई प्रतिस्पर्धी उम्मेदवार र अन्य दलका कार्यकर्ताप्रति पनि सम्मान व्यक्त गरेका छन्। लोकतान्त्रिक प्रक्रियामा सबैको भूमिका महत्वपूर्ण हुने भन्दै उनले अब तनहुँको विकास र समृद्धिका लागि सबै राजनीतिक दल र नागरिक मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

    निर्वाचनपछि सुरु गरिएको यो धन्यवाद यात्रा अझै केही दिन विभिन्न गाउँ–टोलमा जारी रहने बताइएको छ।