


दमौली, २७ फागुन । तनहुँ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले निर्वाचन कार्यालय तनहुँमा खर्च विवरण बुझाएका छन् । जोशीले निर्वाचन प्रतिनिधि दीर्घबहादुर थापा क्षेत्रीमार्फत् खर्च विवरण बुझाएका हुन् ।
उनले बुझाएको विवरण अनुसार निर्वाचनमा पाँच लाख ४९ हजार पाँच खर्च भएको छ । विवरण अनुसार मनोनयन दर्तामा रु दश हजार, मतदाता नामावली खर्चमा रु तीन हजार, सवारी साधन भाडा खर्चमा रु एक लाख ८२ हजार, सवारी साधन इन्धनमा रु ६३ हजार दुई सय ५०, घोषणापत्र, अपिल, नमूना मतपत्रमा रु दुई लख एक हजार नौ सय ७५, गोष्ठि, कार्यकर्ता तथा प्रतिनिधि परिचालनमा रु ६१ हजार पाँच सय, कार्यालय सञ्चालनमा रु २६ हजार पाँच सय ८० र विविधमा सात सय खर्च भएको छ ।
निर्वाचनमा जोशीले एक सय १३ मत प्राप्त गरेका थिए ।