धनुषाका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    धनुषाका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०८२, बिहीबार

    काठमाडौ, २८ फागुन । धनुषा-१ मा रास्वपाका उम्मेदवार किशोरी साह ‘कमल’ ले दिएको रिटमा सर्वोच्च अदालतले नाम कालोसूची नराख्न आदेश दिएको छ।

    बिहीबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

    उनले नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय धनुषालाई विपक्षी बनाएर बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।

    आफूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि आफ्नो उम्मेदवारी खारेज भएको भन्दै उनी सर्वोच्च पुगेका थिए।

    उनले यसअघि निर्वाचन आयोगविरूद्ध फागुन १९ गते अर्कै रिट दायर गरेका थिए। यस विषयमा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा शुक्रबारका लागि छलफलमा बोलाएको थियो।

    तर उम्मेदवार किशोरीले अर्को रिटमार्फत कालोसूचीबाट हटाउन माग गरी सर्वोच्च पुगेका हुन्।