दमौलीको मिनी मार्केटमा आगलागी, दुई पसल पूर्ण रूपमा नष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीको मिनी मार्केटमा आगलागी, दुई पसल पूर्ण रूपमा नष्ट

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८२, सोमबार

    दमौली, २ चैत । तनहुँको व्यास नगरपालिका–२ स्थित मिनी मार्केट क्षेत्रमा सोमबार बिहान आगलागी भएको छ। आगलागीबाट दुई वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार स्थानीयवासी, प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

    आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।