


दमौली, १७ चैत । लायन्स क्लब अफ तनहुँ सत्यवतीले लायन बर्ष सन् २०२६/२७ का लागि पदाधिकारी एवं सदस्यहरू चयन गरेको छ। क्लबका २०२५/२६ का अध्यक्ष सिता वैद्यको अध्यक्षतामा आयोजित कार्यक्रमले गीता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
क्लबको प्रथम उपाध्यक्ष इन्द्र कुमारी श्रेष्ठ, द्वितीय उपाध्यक्ष रमा बराली, तृतीय उपाध्यक्ष कल्पना भट्टराई, सचिव सर्मिला गौतम,सह सचिव सुनिता चन्द र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठलाई चयन गरिएको छ। क्लबले विभिन्न पदहरूमा पनि विभिन्न व्यक्तिलाई चयन गरेको बताएको छ। नयाँ पदाधिकारी एवं सदस्यहरूको कार्यकाल जुलाई १ बाट सुरु हुने क्लबकी अध्यक्ष वैद्यले बताइन्।