नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८३, बुधबार

    दमौली, २ वैशाख । तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मस्र्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

    दुई दिन अगाडी नुहाउने क्रममा बेपत्ता भएका स्थानीय टिका मगरको शव आज बिहान ११ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र सशस्त्र प्रहरी बल मनकामना गणको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा शव भेटिएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    बेपत्ताको खोजी कार्यका लागि सोमबारदेखि नै समूह परिचालन गरिएको थियो ।