कौराहा सम्मेलनलाई अनिताले गरिन् युकेमा ८ लाख बढी आर्थिक सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कौराहा सम्मेलनलाई अनिताले गरिन् युकेमा ८ लाख बढी आर्थिक सङ्कलन

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८३, बिहीबार

    दमाैली, ३ वैशाख । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा हुने दोस्रो राष्ट्रिय कौराहा सम्मेलनका लागि युकेबाट आठ लाख बढी रुपैयाँ आर्थिक संङ्कलन भएको छ । नेपाल मगर सांस्कृतिक संघको आयोजनामा यही बैशाख ४ र ५ गते झापुटारमा हुने कौराहा सम्मेलन गर्नका लागि युकेमा मात्र ८ लाख १० हजार रुपैया आर्थिक संकलन गरिएको हो ।

    मौलिक संस्कृति संरक्षण अभियान्ता, संस्कृतिप्रेमी, मगर संघ युकेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा सम्मेलन युकेका संयोजक अनिता रानामगरले आर्थिक संङकलन गरेका हुन् । संयोजक रानामगरले युकेमा उक्त आर्थिक संङकलन गरेका हन् ।

    नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितिले राष्ट्रिय मौलिक कौराहा सम्मेलनको युके संयोजक चयन गरेका थिए । मगर समुदायको इतिहास र सभ्यतासंग जोडिएको नाँच भएकाले कौराहालाई जोगाउन आर्थिक सहयोग संङकलन अभियानमा उक्त रकम संङकलित भएको युके संयोजक रानामगरले बताइन ।

    “सामाजिक सज्जाल र टेलिफोनमा आर्थिक सहयोग अनुरोध गरे,”उनीले भनिन् “ अनुरोधलाई स्वीकार गर्दै कौराहा नाँच बचाउन आर्थिक सहयोग प्राप्त भयो ।” युकेमा मौलिक संस्कृति भनेपछि सबैजना हुरुक्कै हुन्छन् । युकेमा पनि कौराहा नचाउदै आएका छौ, उनीले भनिन् । उक्त संकलित रकम कौराहा सम्मेलनमा चेक हस्तान्तरण गर्ने राष्ट्रिय मौलिक कौराहा सम्मेलन युकेका संयोजक रानामगरले जानकारी दिइन् ।

    को हो हुन अनिता राना ?
    अनिता राना मगरको स्थायी घर तनहुँ भानु नगरपालिकाको रानागाउँ हो । महिला सशक्तिकरण, समाज रुपान्तरण, भाषा संस्कृति संरक्षणमा आवाज उठाउने एक योद्धा हुन् अनिता । लामो समय सम्म मगर संघ युकेमा आबद्ध भएर समुदायको हक अधिकार र मौलिक संस्कृति संरक्षणमा कहिल्यै नथाक्ने उदहरणीय नारी हुन् ।

    रानामगर संस्कृति त्यसमा पनि कौराहा भनेपछि जीवन नै समर्पण गरे । युकेमा कौराहामय बनाउन श्रीमान् कुमार राना मगर, छोरीहरु सम्झना र सविता रानामगरलाई कौराहा अभियानमा जोडिन् । युकेमा अनिताले कार्यक्रम उद्घोषकको भूमिका, श्रीमान् कुमारले कौराहा गित गाउँदै खैजेडीको ताल मिलाउदा दुवै छोरीहरु नाँचेर साथ दिए ।

    तनहुँ माटोले जन्मेकाले होला अनिता रानामगरको सबै परिवारमा कौराहाको विशेष लगाव देखिन्छ ।जसले प्रदेशी भूमि युकेमा हरेक कार्यक्रममा मौलिक कौराहा प्रर्दशन गरेर मगर समुदाय र तनहुँ जिल्लालाई उच्च स्थानमा पु¥याउने काम समेत गरेका छन् । तनहुँ समाज युके देखि नेपाली मेला सम्म मौलिक कौराहा प्रर्दशन गरेर संस्कृति संरक्षणमा ठूलो योगदानमा उनै अनितालाई श्रेय जान्छ ।

    त्यसैले युकेमा अनिता रानालाई कौराहा बहिनीको उपनामले बलाउन थालिएको हो ।समुदायको हक अधिकार, संस्कृति संरक्षणमा मात्र सीमित भइनन् उनी आर्थिक समृद्धिका लागि व्यवसायमा समेत लागेकी एक मगर महिला हुन् । युकेमा परिश्रम गरेर आर्जन गरेको रकम नेपालमा लगानी समेत गरेकी छिन् । मातृभूमि र संस्कृति प्रेमले उनीले नेपालमा लगानी भित्रि¥याउने मगर महिला हुन् ।लाकुरी भज्याङ्ग रिसोर्ट प्रालिका अध्यक्ष भएर पर्यटन व्यवसायमा अगाडि बढेकी छिन् ।