दमौली-मुक्तिनाथ बस सेवा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली-मुक्तिनाथ बस सेवा सुरु

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८३, शनिबार

    दमौली, ५ वैशाख । स्थानीय यातायातको समन्वयमा तनहुँको दमौलीबाट हिमाली धार्मिक गन्तव्य जोमसोम मुक्तिनाथ जोड्ने डिलक्स बस सेवा शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

    उक्त सेवा सर्वसाधारण यात्रु तथा तीर्थयात्रीहरूको सहजताका लागि ल्याइएको हो। मुक्तिनाथ दर्शनमा जाने श्रद्धालुहरूको बढ्दो चापलाई मध्यनजर गर्दै यो सेवा सञ्चालनमा ल्याइएको स्थानीय यातायातका शाखा प्रमुख चित्र गुरुङले जानकारी दिएका छन्।

    उनका अनुसार डिलक्स बस सेवाले दमौलीदेखि जोमसोम हुँदै मुक्तिनाथसम्मको यात्रा अझ सहज, सुरक्षित र आरामदायी बनाउने विश्वास गरिएको छ। यस सेवाबाट विशेषगरी धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।स्थानीय यातायातको सहकार्यमा सुरु गरिएको यो पहलले गण्डकी प्रदेशका विभिन्न क्षेत्रका यात्रुहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास लिइएको छ।