व्यासमा गरिब घरपरिवार पहिचान सूची सार्वजनिक, गुनासो दिन १५ दिनको समय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा गरिब घरपरिवार पहिचान सूची सार्वजनिक, गुनासो दिन १५ दिनको समय

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८३, सोमबार

    दमौली, ७ वैशाख । व्यास नगरपालिकाले गरिब घरपरिवार पहिचान कार्यक्रमअन्तर्गत तयार गरिएको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट तथ्याङ्क विश्लेषणपछि प्राप्त उक्त सूची नगरपालिकाका सबै १४ वटै वडा कार्यालयमा टाँस गर्नुका साथै नगरपालिकाको आधिकारिक वेबसाइट vyasmun.gov.np मा समेत प्रकाशन गरिएको छ।

    नगरपालिकाले जारी गरेको सूचनाअनुसार सूचीमा समावेश विवरणप्रति असन्तुष्ट रहेका नगरवासीले सूचना टाँस भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा आवश्यक प्रमाणसहित गुनासो पेश गर्न सक्नेछन्।

    सम्बन्धित निकायले प्राप्त गुनासोका आधारमा पुनः परीक्षण गरी अन्तिम सूची प्रकाशन गरिने जनाइएको छ।