बन्दीपुरमा संस्थागत विद्यालयसँग छलफल, शुल्क र छात्रवृत्तिमा कडाइ गर्ने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा संस्थागत विद्यालयसँग छलफल, शुल्क र छात्रवृत्तिमा कडाइ गर्ने निर्णय

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८३, सोमबार

    दमाैली, ७ वैशाख । बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयहरूसँग छलफल गर्दै शुल्क निर्धारण र छात्रवृत्ति वितरण प्रक्रियालाई व्यवस्थित बनाउने निर्णय गरेको छ। गाउँपालिका र संस्थागत विद्यालयबीच साेमबार बसेको बैठकले विभिन्न निर्णयहरू गरेकाे हाे ।

    शिक्षा शाखाका प्रमुख भीमप्रसाद लामिछानेका अनुसार सबै संस्थागत विद्यालयले तत्काल आफूहरूले लिने शुल्क संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्डअनुसार अभिभावक भेलाबाट अनुमोदन गराउनुपर्ने निर्णय गरिएको छ। यसअघि मनपरी शुल्क लिएको गुनासो आएपछि यस्तो निर्णय गरिएको जनाइएको छ।

    त्यसैगरी, सबै विद्यालयले संस्थागत विद्यालय छात्रवृत्ति वितरण निर्देशिकाअनुसार सूचना प्रकाशन गरी आवेदन आह्वान गर्नुपर्नेछ। प्राप्त आवेदनका आधारमा तोकिएको प्रक्रिया अनुसार परीक्षा सञ्चालन गरी तोकिएको क्षेत्रका विद्यार्थीलाई अनिवार्य रूपमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ।

    बैठकले छात्रवृत्ति सम्बन्धी संख्या यकिन गरी गाउँपालिकामार्फत २०८३ वैशाख ८ गतेभित्र सूचना प्रकाशन गर्ने समेत निर्णय गरेको छ।