तनहुँमा १२ जना फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा १२ जना फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०८३, सोमबार

    दमौली, ७ वैशाख ।जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले सोमबार जिल्ला अदालत तनहुँबाट जरिवाना तोकिएका १४ वटा मुद्दामा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ।

    प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकका अनुसार पक्राउ परेकामध्ये ७ वटा चेक अनादर मुद्दाका ६ जना, २ वटा जालसाजी मुद्दाका १ जना, सरकारी छाप किर्ते मुद्दाका १ जना, सार्वजनिक अपराध मुद्दाका १ जना, गाली बेइजती मुद्दाका १ जना, सम्बन्ध बिच्छेद मुद्दाका १ जना तथा हाडनाता करणी मुद्दाका १ जना रहेका छन्।

    पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको प्रहरीले जनाएको छ।