


दमौली, ७ वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा प्र ०२–००६प २२८३ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
दुर्घटनामा घाइते महिलालाई लक्ष्मी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्री र मोटरसाइकल चालक समेत घाइते भएका छन् । घाइतेमध्ये पैदलयात्रीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल सामान्य उपचारपश्चात् प्रहरी नियन्त्रणमा रहेको छन् । मोटरसाइकल चालक र पैदलयात्रीको समेत नामथर खुल्न बाँकी रहेको जनाइएकाे छ ।