


दमौली, ८ वैशाख । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समय सवारी दुर्घटनाका विवरण लुकाउन थालेको छ । जिल्लाभित्र हुने सवारी दुर्घटनामा मृत्यु हुने र घाइतेको विवरण दिन प्रहरीले सञ्चारमाध्यमलाई कडाई गरेको छ ।
सार्वजनिक चासोका विषयमा हरेक घटनाको सूचना दिनुपर्नेमा प्रहरीले विवरण लुकाउन थालेको हो ।
केही समय अगाडी शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीमा जिपको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भयो । सो घटनाका सम्बन्धमा पनि प्रहरीले यथार्थ सुचना दिएन ।
यस्तै विमलनगरमा ट्रकको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएकामा सो घटनाको पनि यथार्थ विवरण लुकाइयो ।
सोमबार मात्रै बन्दीपुर-१ डुम्रेमा मोटरसाइकल दुर्घटनामा एक जना महिलाको मृत्यु भयो भने दुई जना घाइते भए । मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र चालक घाइते भए भने मोटरसाइकलमा सवार महिलाको मृत्यु भयो । उक्त घटनाको सम्बन्धमा प्रहरीसँग सम्पर्क गर्दा मृतक र घाइतेको विवरण दिन आनाकानी गरिएको छ ।