


दमौली, ८ वैशाख । भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा वैशाख महिनाको दोस्रो मंगलबार १६ वटा फूलको डोली भित्रिएको छ।
परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनहरूले सजाएर ल्याइएका फूलका डोली मन्दिरमा चढाइएको हो । मन्दिर परिसरमा भजन–कीर्तन, पूजा–आराधना तथा धार्मिक गतिविधिहरू सञ्चालन हुँदा वातावरण भक्तिमय बनेको थियो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार त्यसक्रममा १ हजार ३१५ जना भक्तजनले दर्शन तथा पूजा गरेका छन्।
सोमबार राति ३१ जना भक्तजनले जागाराम बसेर बत्ती बालेका थिए ।