तनहुँका सरकारी कार्यालयमा मध्यस्थकर्ता निषेध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका सरकारी कार्यालयमा मध्यस्थकर्ता निषेध

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०८३, बुधबार

    दमौली, ९ वैशाख । जिल्ला प्रशासन कार्यालय तनहुँमा आज बसेको कार्यालय प्रमुखहरूको बैठकले बढी सेवा प्रवाह हुने तथा सेवाग्राहीको चाप बढी रहेका कार्यालयहरूमा सेवाग्राही बाहेकका मध्यस्थकर्ता (विचौलिया) को प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

    प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यस्तो निर्णय गरिएको हो। बैठकले कार्यालय प्रमुखहरूलाई आ–आफ्ना कार्यालयमा हुने गतिविधिहरूको नियमित अनुगमन गर्दै विचौलियाको चलखेल नियन्त्रण गर्न निर्देशन दिएको छ।