जनसंवादमार्फत जनतासँग प्रत्यक्ष जोडिँदै सांसद न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनसंवादमार्फत जनतासँग प्रत्यक्ष जोडिँदै सांसद न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०८३, बिहीबार

    दमौली, १० वैशाख । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले पहिलो चरणको “जनसंवाद” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। तनहुँ–२ अन्तर्गतका सबै पालिकाहरूमा सञ्चालन गरिएको उक्त कार्यक्रममा जनताको उल्लेख्य सहभागिता रहेको उनले जनाएका छन्।

    कार्यक्रममा स्थानीय बासिन्दाहरूले खुलेर आफ्ना समस्या, गुनासा तथा सुझाव राखेको उल्लेख गर्दै सांसद न्यौपानेले सबैप्रति हृदयदेखि आभार व्यक्त गरेका छन्। चुनावपछि जनप्रतिनिधि हराउने भन्ने आम गुनासोलाई अन्त्य गर्ने उद्देश्यले हरेक तीन महिनामा “जनसंवाद” कार्यक्रम सञ्चालन गर्ने अभ्यास सुरु गरिएको उनले बताए।

    उनका अनुसार, जनसंवादमार्फत सङ्कलन गरिएका समस्या, गुनासा तथा सुझावलाई व्यवस्थित रूपमा सूचीकृत गरी “योजना बैंक” निर्माण गरिनेछ। साथै, तिनको विश्लेषणका आधारमा संसदमा आवश्यक नीति, ऐन तथा कानुन निर्माण गरी जनताको समस्या प्रभावकारी रूपमा समाधान गर्ने लक्ष्य लिइएको छ।

    सांसद न्यौपानेले “हाम्रो योजना, हाम्रो नीति, ऐन र कानुन” भन्ने अवधारणालाई आत्मसात गर्दै समृद्ध तनहुँ–२ निर्माणका लागि सबैलाई सहकार्य गर्न आह्वान गरेका छन्।