


दमौली, १० वैशाख । नेपाल पत्रकार महासङ्घ तनहुँको साधारण आगामी जेठ २ गते हुने भएको छ । शाखाका अध्यक्ष धनपति अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले जेठ २ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
महासङ्घको केन्द्रले जेठ १० गतेभित्र सबै जिल्ला शाखाहरुको साधारणसभा गर्न निर्देशन दिएसँगै तनहुँ शाखा साधारणसभाको तयारीमा जुटेको हो । महासङ्घको साधारणसभा डेढ वर्षमा गर्नुपर्ने प्रावधान छ ।
बैठकमा शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष ओमकार आचार्यको समेत उपस्थिति थियो ।