तनहुँमा इ-पेन्सन सेवा सुरु, पौडेल बने पहिलो सेवाग्राही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा इ-पेन्सन सेवा सुरु, पौडेल बने पहिलो सेवाग्राही

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०८३, बिहीबार

    दमौली, १० वैशाख । सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ-पेन्सन सेवा तनहुँबाट कार्यान्वयनमा आएको छ । जिल्लामा सुरु गरिएको सेवाअन्तर्गत भानु नगरपालिकाबाट निवृत्त शिक्षा अधिकारी ध्रुवराज पौडेल पहिलो सेवाग्राही बनेका छन् ।

    निवृत्तीभरण अधिकारपत्र प्राप्त गर्दै पहिलो सेवाग्राही बन्न पाउँदा गोरवान्वित महसुस गरेको पौडेलले प्रतिक्रिया दिए । उनका अनुसार अब कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत अधिकारपत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था भएको छ । यसले समय, श्रम र खर्च बचत हुनुका साथै सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई थप सहज बनाएको उनले बताए ।

    कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँ (कोलेनिका) का प्रमुख अशोकराज खनालले इ-पेन्सन सेवा सेवाग्राहीमैत्री र पारदर्शी बनाउने उद्देश्यले सुरु गरिएको बताए। उनले भने, “डिजिटल माध्यमबाट पेन्सनसम्बन्धी सेवा प्रवाह गर्दा सेवाग्राहीले छिटो, सहज र झन्झटमुक्त सेवा पाउनेछन् । यसले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौँ ।”