


दमौली, १७ वैशाख । तनहुँको व्यास नगरपालिकामा विद्यालयमा आइतबार बिदा दिने विषयमा आज छलफल हुँदैछ। नगरपालिकाले यसअघि आइतबार नगरपालिका कार्यालय बिदा रहने तर विद्यालय भने सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरूले त्यसको विरोध गरेका थिए।
शिक्षकहरूको असन्तुष्टि बढेपछि अहिले विद्यालय स्तरमै छलफल चलिरहेको छ। प्राप्त जानकारी अनुसार, आज प्रत्येक विद्यालयमा आन्तरिक छलफल सम्पन्न गरी त्यसको निष्कर्ष नगरपालिकामा प्रस्तुत गरिनेछ।
नगर शिक्षा समितिले पनि यस विषयलाई प्राथमिकतामा राख्दै सरोकारवालासँग थप परामर्श गर्ने तयारी गरेको छ।
आजको छलफलपछि व्यास नगरपालिकाले आइतबार विद्यालयमा बिदा दिने वा यथावत राख्ने भन्ने विषयमा अन्तिम निर्णय गर्नेछ ।