जातीय विभेद आरोपपछि ब्रदर्श चटपट सञ्चालकको स्पष्टीकरण-एक पक्षीय कुरा मात्रै सुनियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जातीय विभेद आरोपपछि ब्रदर्श चटपट सञ्चालकको स्पष्टीकरण-एक पक्षीय कुरा मात्रै सुनियो

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८३, बिहीबार

    दमाैली, १७ वैशाख । जातीय विभेदको आरोप लागेपछि ब्रदर्श चटपटका सञ्चालक अशाेकप्रसाद डाैलियाले स्पष्टीकरण दिएका छन्। उनले आफूमाथि लागेको आरोपप्रति असन्तुष्टि जनाउँदै आफ्नै देशमा केही गर्ने भावना बोकेका व्यक्तिलाई निरुत्साहित गर्ने काम भएको बताएका छन्। “म गलत नै छैन। जमानामा यस्ता यस्ता हुन्थ्यो, तर म मान्दिन भनेको कुरालाई गलत अर्थ लगाइयो,” उनले भने।

    उनका अनुसार आफूले कसैप्रति कुनै गलत व्यवहार नगरेको र कसैको कुभलो नचाहेको दाबी गरेका छन्। “मेरो इज्जतमाथि दाग लगाउने काम भएको छ,” उनले भनेका छन् ।

    डाैलियाले आफ्नो पसलमा दलित समुदायका युवायुवतीलाई रोजगारी दिएको उल्लेख गर्दै आफू विभेदको पक्षमा नरहेको बताएका छन्। साथै, घटनामा एक पक्षको मात्रै कुरा सुन्ने काम भएको र आफ्नो पक्ष कसैले नसुनेको गुनासोसमेत गरेका छन्।