बन्दीपुरको कार्यक्रममा ‘खल्लोपन’—स्थानीय संस्कृति ओझेलमा परेको गुनासो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरको कार्यक्रममा ‘खल्लोपन’—स्थानीय संस्कृति ओझेलमा परेको गुनासो

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८३, शुक्रबार

    बन्दीपुर, १८ वैशाख । बन्दीपुरमा आयोजित गाउँ पर्यटनसम्बन्धी कार्यक्रममा स्थानीय स्तरबाट असन्तुष्टि व्यक्त भएको छ। स्थानीय बासिन्दा बासु पन्तले कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी नभएको भन्दै ‘खल्लोपन’ महसुस भएको बताएका छन्।

    नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाको आयोजनामा वैशाख १८ र १९ गते सम्पन्न उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका करिब तीन दर्जन होमस्टेहरूको सहभागिता रहेको थियो। तर, कार्यक्रममा स्टलमार्फत ब्रोसर वितरणमै सीमित गतिविधि देखिएको भन्दै आलोचना भएको हो।

    पन्तका अनुसार, कार्यक्रममा होमस्टेहरूले आफ्नो मौलिक भेषभूषा, रहनसहन, संस्कृति तथा स्थानीय खानाका परिकारहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो। “बन्दीपुरमै बसेर सबै होमस्टेको अनुभव लिन पाइन्छ भन्ने आशा थियो,” उनले भने, “तर त्यस्तो केही देखिएन।”

    कार्यक्रममा लामो समयसम्म नेताहरू र सञ्चालकहरूको भाषण मात्रै केन्द्रित हुँदा सहभागीहरू निराश बनेका थिए। स्टेजमा कुनै पनि होमस्टेको सांस्कृतिक प्रस्तुति नदेखिएको पनि गुनासो गरिएको छ।

    स्थानीय उत्पादन, संस्कृति र परम्परा नझल्किएसम्म गाउँ पर्यटनको प्रवर्द्धन प्रभावकारी नहुने भन्दै पन्तले यस्ता कार्यक्रमहरू ‘नेताहरूका लागि मञ्च’ र ‘संस्थागत कर्मकाण्ड’ जस्तै भएको टिप्पणी गरे।

    स्थानीय तह, पर्यटन बोर्ड र सरोकारवालाहरूले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई बढी व्यवहारिक, सहभागितामूलक र सांस्कृतिक रूपमा समृद्ध बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।