विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघ तनहुँद्वारा प्रभातफेरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघ तनहुँद्वारा प्रभातफेरी

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०८३, आईतवार

    दमौली, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले आइतबार दमौलीमा प्रभातफेरी आयोजना गरेको छ।

    व्यास नगरपालिका–३ स्थित अनसन चौतारीबाट सुरु भएको प्रभातफेरी सफा सडक र न्युरोड हुँदै पुनः अनसन चौतारीमै पुगेर कोणसभामा परिणत भएको थियो।

    कोणसभालाई सम्बोधन गर्दै महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीले विभिन्न चुनौतीका बाबजुद पनि नेपाली प्रेसले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको बताए।

    यसैगरी, महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले सञ्चारमाध्यममाथि सरकारकै तर्फबाट सिन्डिकेट लगाउने प्रयास भइरहेको आरोप लगाए।

    कार्यक्रममा महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, सल्लाहकार नारायण खड्कालगायत पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।