पोखराका सुकुम्वासी उत्रिए सडकमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखराका सुकुम्वासी उत्रिए सडकमा

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०८३, सोमबार

    पाेखरा, २१ वैशाख । कास्कीको पोखरामा सोमबार (वैशाख २१) सुकुम्वासीले प्रदर्शन गरेका छन् । पृथ्वीचोकस्थित बसपार्कको जग्गामा बसिरहेका सुकुम्वासीले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

    यही वैशाख ३ गते पोखरा महानगरपालिकाले सूचना जारी गर्दै अतिक्रमित जग्गा र त्यहाँ निर्मित संरचना ३५ दिनभित्र हटाउन ‘अल्टिमेटम’ दिएको थियो । त्यसको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

    उनीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र समेत बुझाएका छन् । त्यसपछि नाराबाजीसहित उनीहरू नयाँबजारस्थित पोखरा महानगर कार्यालय पुगेका थिए ।