


दमौली, २२ वैशाख । शुक्लागण्डकी नगरपालिकाले वैशाख २५ गते १२ औं स्थापना दिवस मनाउन लागेको छ । स्थापना दिवसका अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्दैछ ।
नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले स्थापना दिवसमा नगरभित्रका उत्कृष्ट कृषक, उत्कृष्ट करदाता, शताब्दी व्यक्तित्व, राष्ट्रिय स्तरका खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
त्यस्तै उत्कृष्ट टोल विकास संस्था, आफूले पढाएको विषयमा शतप्रतिशत नतिजा हासिल गर्ने शिक्षक, एसइइ र उच्च शिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सम्मान गर्ने कार्यक्रम तय भएको उनले बताए ।