


दमौली, २६ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पर्वत जिल्ला सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो चरणको खेलमा स्याङ्जालाई हराउँदै पर्वत सेमिफाइनल प्रवेश गरेको हो । पर्वतले स्याङ्जालाई २–० सेटले पराजित गरेको हो ।
यसअघि शनिबारनै भएको खेलमा पर्वतले कास्कीलाई २–० सेटले हराएको थियो ।