गफ्फारद्वारा अमर ज्योतिका विद्यार्थीलाई जुत्ता वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    गफ्फारद्वारा अमर ज्योतिका विद्यार्थीलाई जुत्ता वितरण

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८३, मंगलवार

    दमौली, २९ वैशाख । युवा सामाजिक अभियन्ता महम्मद गफ्फार (सुदिप)ले व्यास-१२ छिर्कने स्थित अमर ज्योती माध्यमिक विद्यालयका १५ जना विद्यार्थीलाई नयाँ जुत्ता वितरण गरेका छन् ।

    गफ्फारले विद्यालय पुगेर प्रधानाध्यापक रघुनाथ पण्डितको उपस्थितिमा विद्यार्थीहरूलाई जुत्ता वितरण गरेका हुन् । प्रधानाध्यापक रघुनाथ पण्डितले सहयोगको प्रशंसा गरे । उनले भने, ”गाफ्फारको सहयोगले विद्यार्थीहरूको नियमित उपस्थिति बढ्छ र उनीहरूको पढाइमा सकारात्मक प्रभाव पर्छ ।”

    कार्यक्रममा गाफ्फारले विद्यार्थीहरूसँग कुरा गर्दै उनीहरूलाई नियमित पढ्न र लक्ष्य पूरा गर्न प्रोत्साहन दिए ।