


दमौली, २ जेठ । बन्दीपुर गाउँपालिका–१ नाहालामा रहेको धुर्वतारा युवा क्लब को नयाँ कार्यसमिति चयन गरिएको छ।
वि.सं. २०५० सालमा स्थापना भएको क्लबले ३२ वर्षदेखि सामाजिक, शैक्षिक तथा खेलकुद क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
क्लबले विशेष गरी श्री विष्णु माध्यमिक विद्यालय मा शैक्षिक सुधारका कार्यक्रमहरू आयोजना, शैक्षिक सामग्री वितरण तथा विद्यालयलाई निम्न माध्यमिक तहबाट माध्यमिक तहमा स्तरोन्नति गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। साथै एक वर्षसम्म माध्यमिक तहका शिक्षकको तलब सुविधासमेत क्लबकै तर्फबाट व्यवस्थापन गरिएको थियो।
त्यसैगरी सामाजिक न्याय, जनचेतनामूलक तथा खेलकुद कार्यक्रमहरू आयोजना तथा विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागीता जनाउँदै क्लबले समाज विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
क्लवको अध्यक्षमा उत्तम नैनावस्ती, उपाध्यक्षमा मन्दिपा श्रेष्ठ, कोषाध्यक्षमा रबिन्द्र पौडेल, सचिवमा दामोदर पोख्रेल, सहसचिवमा स्मिता श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा गणेश खड्का, उज्ज्वल थापा, राजकुमार गुरुङ,मुना खड्की, किसान बिष्ट र गोविन्द थापा चयन भएको क्लबका सदस्य कमल शर्माले जानकारी दिएका छन
विष्णु माध्यमिक विद्यालयको एसइइको परीक्षा निराशाजनक आएको अवस्थामा नयाँ कार्यसमितिको चयनसँगै शैक्षिक गतिविधिमा क्लबले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।
नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्थानीयवासीहरूले क्लबले आगामी दिनमा पनि शिक्षा, खेलकुद र सामाजिक विकासमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।