


दमौली, ६ जेठ । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटी सदस्य बसुन्धरा घर्तीले पार्टी परित्याग गरेकी छिन् । उनले बुधबार जिल्ला कमिटी अध्यक्ष हरिराज कंडेललाई राजिनामा पत्र बुझाएकी हुन् ।
उनले जिल्ला कमिटी सदस्य र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरेकी छिन् ।

लामो समयसम्म पार्टीको सङ्गठन निर्माण र राजनीतिक अभियानहरुमा सक्रिय रहेतापनि हाल केही व्यक्तिगत एवं पारिवारिक कारणहरुले गर्दा समय व्यवस्थापन गर्न कठिन भएको र सोही कारणले पदीय जिम्मेवारीलाई पूर्ण न्याय गर्न असमर्थ भएको उनले उल्लेख गरेकी छिन् ।
एमाले छाडेकी घर्ती रास्वपा प्रवेश गर्ने तयारीमा छिन् ।