


दमौली, ६ जेठ । व्यास नगरपालिकाले करङ्गकाठस्थित बसपार्कमा बत्ती, खानेपानी तथा शौचालय व्यवस्थापनको जिम्मा लिने निर्णय गरेको छ ।
दमौली बजारमा जेठ १० गतेदेखि पार्किङको नयॉ नियम लागु गर्ने निर्णयसँगै बसपार्कलाई पनि व्यवस्थित गर्न लागिएको हो ।
यस्तै बसपार्कमा टिकट काउन्टर सञ्चालनका लागि आवश्यक भवन तथा कोठा व्यास नगरपालिकाले उपलब्ध गराउने भएको छ ।