तनहुँमा धमाधम अधिवेशन गर्दै रास्वपा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा धमाधम अधिवेशन गर्दै रास्वपा

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८३, शनिबार

    दमौली, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले यतिबेला संगठन विस्तारलाई तीव्रता दिँदै वडा र पालिका तहका अधिवेशन धमाधम सञ्चालन गरिरहेको छ । जिल्लाका ८५ वटै वडा तथा १० वटै पालिकामा अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशन आयोजना गरिने पार्टीले जनाएको छ ।

    रास्वपाले आगामी असार ७ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेकाले त्यसअन्तर्गत देशभर संगठन सुदृढीकरण अभियान चलिरहेको छ । तनहुँमा पनि सोही अभियानअन्तर्गत वडा र पालिका तहमा नेतृत्व चयन तथा संगठन पुनःसंरचनाको काम भइरहेको जनाइएको छ ।

    रास्वपा तनहुँका जिल्ला सभापति विश्व बास्तोलाले पार्टीलाई गाउँ–गाउँसम्म विस्तार गर्ने उद्देश्यसहित अधिवेशन अभियान अघि बढाइएको बताए ।

    उनले भने, “रास्वपाप्रति आम नागरिकको आकर्षण बढ्दो छ । त्यसैले संगठनलाई अझ व्यवस्थित, सक्रिय र जनमुखी बनाउन वडा र पालिका तहमा अधिवेशन गरिरहेका छौं । सबै वडा र पालिकाको अधिवेशन सकेपछि जिल्ला अधिवेशन सम्पन्न गर्नेछौं ।”

    सभापति बास्तोलाले आगामी महाधिवेशनले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा अझ बलियो बनाउने विश्वास व्यक्त गरे । उनले नयाँ पुस्ताको सहभागिता, पारदर्शिता र सुशासनलाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गरे ।