रास्वपा आँबुखैरेनी सभापतिमा राम श्रेष्ठ निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    रास्वपा आँबुखैरेनी सभापतिमा राम श्रेष्ठ निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८३, शनिबार

    दमौली ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँपालिका कमिटीको सभापतिमा राम श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार भएको प्रथम अधिवेशनबाट श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ।

    त्यसैगरी उपसभापतिमा खुलराज गुरुङ उपसभापति, सचिवमा प्रकाश श्रेष्ठ, सहसचिवमा भक्त बहादुर गुरुङ, कोषाध्यक्षमा सविता भट्टराई निर्वाचित भएका छन्। सदस्यहरूमा प्रेम कुमार श्रेष्ठ, राजेश श्रेष्ठ, किसान श्रेष्ठ, तुलसी पौडेल खनाल, सम्झना सुनार र हरिभक्त पन्त चयन भएका छन्।

    त्यस्तै, जिल्ला प्रतिनिधिमा पुष्प कुमार श्रेष्ठ, गिता लामिछाने, अर्जुन बगाले र ज्ञानेन्द्र थापा क्षेत्री निर्वाचित भएका छन्। प्रदेश प्रतिनिधिमा गोबिन्द प्रसाद खनाल र बालकृष्ण मिश्र चयन हुँदा महाधिवेशन प्रतिनिधिमा सुमन बगाले निर्वाचित भएका छन्।