गल्वुवेशीमा घरमाथि रुख ढल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    गल्वुवेशीमा घरमाथि रुख ढल्यो

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८३, सोमबार

    दमौली, ११ जेठ । तनहुँको व्यास नगरपालिका–१ नव आदर्श टोलमा सोमबार आएको हावाहुरीका कारण कमला गुरुङको घरमा क्षति पुगेको छ ।

    हावाहुरीसँगै आएको तेज हावाले घरमाथि ठूलो बरको बोट ढलेपछि घरको छाना तथा संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् । मानवीय क्षति भने नभएको जनाइएको छ ।

    हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा समेत क्षतिको विवरण आउने क्रम जारी रहेको छ ।