सफासडकमा पार्किङ निषेधको निर्णय उल्टियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सफासडकमा पार्किङ निषेधको निर्णय उल्टियो

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८३, मंगलवार

    दमौली, १२ जेठ । व्यास नगरपालिकाले गरेको सफासडकमा पार्किङ निषेध गर्ने निर्णय तीन दिनमै उल्टिएको छ । जेठ १० गतेदेखि सफासडकमा पार्किङ निषेध गर्ने निर्णय गरेको नगरपालिकाले तेस्रो दिन मंगलबार निर्णय सच्याएको हो ।

    अब सफासडकमा बढीमा १५/२० मिनेट एक मिटर दूरी कायम गरेर एकतर्फी पार्किङ गर्न पाइने भएको छ ।

    व्यवसायिक पसलहरुमा काम विशेषले आउने ग्राहकहरुका लागि मात्र २ पाङ्ग्रे सवारी साधन १५/२० मिनेट सम्म १ मिटर भित्रको परिधिमा राख्ने, यस्का लागि सफा सडकमा एकतर्फी र पृथ्वीराजमार्गमा सर्भिस लेनमा लागु गरिने गरी व्यवस्थापन मिलाउन र सहयोग गर्न नगर प्रमुख वैकुण्ठ न्यौपानेले विज्ञप्ती जारी गरी अनुरोध गरेका छन् ।

    सफासडकमा पार्किङ निषेध गर्ने निर्णय विरुद्ध व्यापारी आन्दोलित छन् । आज पनि व्यापारीले नगर प्रमुख विरुद्ध नाराबाजी गरेका थिए ।