मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनका तार तल तानिँदा स्थानीय त्रसित, सुरक्षित व्यवस्थापन गर्न वडाको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनका तार तल तानिँदा स्थानीय त्रसित, सुरक्षित व्यवस्थापन गर्न वडाको आग्रह

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८३, बुधबार

    दमौली, १३ जेठ । आँबुखैरेनी गाउँपालिका-३ अन्तर्गत आँबुगाउँ क्षेत्रमा मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाले तानेको विद्युत् तार सडक बाटोभन्दा अत्यन्तै तल रहेको भन्दै स्थानीयवासी त्रसित बनेका छन्।

    उक्त क्षेत्रमा सडकमार्ग हुँदै डोजर, एक्साभेटर, क्रेन, लोड ट्रक लगायतका भारी मेसिनरी साधन आवतजावत गर्दा तार अत्यन्तै नजिक रहेको स्थानीयको गुनासो रहेको छ। यसले दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीयवासीले तत्काल समाधानको माग गरेका छन्।

    यस विषयमा आँबुखैरेनी गाउँपालिका-३ का कार्यवाहक वडाअध्यक्ष मनोजकुमार श्रेष्ठले आयोजनासँग यथाशीघ्र तारलाई आवश्यक उचाइसम्म माथि उठाई सुरक्षित व्यवस्थापन गर्न सिफारिससहित आग्रह गरेका छन्। उनका अनुसार स्थानीयवासीको सुरक्षा तथा सहज आवतजावतलाई मध्यनजर गर्दै आयोजना शीघ्र सम्पन्न गर्नसमेत आग्रह गरिएको छ।