


दमौली, १५ जेठ । रास्वपा व्यास नगर सभापतिमा चुडामणि दाहाल विजयी भएका छन् । रास्वपा व्यास नगर समितिको शुक्रबार आयोजित प्रथम अधिवेशनबाट दाहाल सभापतिमा विजयी भएका हुन् ।
सभापतिमा सहमतिको प्रयास गरिएपनि सहमति नभएपश्चात् मतदान प्रक्रिया अगाडी बढाइएको थियो । सभापतिमा विजयी दाहालले एक सय ४२ मत प्राप्त गरेका छन् ।
प्रतिस्पर्धी सूर्यचन्द्र लम्सालले २४ र सुशील पौडेलले २७ मत प्राप्त गरेका छन् ।
यस्तै उपसभापतिमा नागेन्द्र ढुङ्गाना विजयी भएका छन् । उनले एक सय ३६ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी गोविन्द श्रेष्ठले ५८ मत प्राप्त गरेका छन् ।
महाधिवेशन प्रतिनिधिमा सूर्यभक्त अधिकारी १२५ र राजु दाहाल ११३ मत प्राप्त गरी विजयी भएका छन् ।
सचिवमा भने भाग्यशाली ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका छन् ।