


काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने अभिव्यक्ति दिएको विषयले आफू मात्र नभई सम्पूर्ण नेपाली नागरिकको शिर निहुरिएको महसुस भएको बताए । उनले भने, ‘आज यो संसदमा उभिँदा मेरो शिर निहुरिएको महशुस भएको छ । हिजो मात्र यो गरिमामय सदनको रोष्टममा उभिएर प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन करिब तीन करोड आम नेपाली नागरिकको शिर निहुरिएको हुनुपर्छ ।’