नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८३, सोमबार

    काठमाडौ, १८ जेठ । नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाललाई नियुक्त गरेको छ।

    पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गतेको बैठकको निर्णयबमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन्।

    नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्ष पदमा धनकुटाकी कटुवाललाई जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ।

    पार्टीले नवनियुक्त अध्यक्ष कटुवाललाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरेको जनाएको छ।