


पोखरा, १९ जेठ । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटन परिपथ विकास गर्ने भएको छ । गण्डकी प्रदेशसभामा मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्लाका धार्मिक स्थल जोड्ने गरी धार्मिक पर्यटन परिपथ विकास गरिने उल्लेख गरे ।
दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र त्रिवेणीधाम जस्ता महत्वपूर्ण धार्मिक स्थल जोडिने गरी धार्मिक पर्यटन परिपथ विकास गरिने उनले उल्लेख गरे । प्रदेश प्रमुख भट्टले मुख्य पर्यटकीय गन्तव्यमा पहुँच मार्ग बनाई हाइ अल्टिच्युट सिक्नेसको उपचार लगायतका आधारभूत सुविधा विस्तार गरिने बताए ।
पूर्ण पाठ
17803989998916_वार्षिक-नीति-तथा-कार्यक्रम-२०८३-२०८४_compressed